देश समाचार

तीन पुरुष र दई महिलाको शव राप्ती नदीकाे किनारमा

तीन पुरुष र दई महिलाको शव राप्ती नदीकाे किनारमा

साउन – १२ । अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन् । देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ५ मध्ये एकजनाको शव भने दाङकै स्थानीयको रहेको र बाँकी ४ शवको भने पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयकाअनुसार भेटिएका मध्ये एउटा शव दाङ गंगापरस्पुर ९ तकियापुरका ५३ वर्षीय ठगिराम चौधरीको हो । उनी मंगलबार बस्तीमा राप्ती नदी पसेदेखि नै बेपत्ता थिए । यसैगरी सतवरिया गाविसमा दुईजनाको र बेला गाविसस्थित नदी किनारमा दुईजनाको शव भेटिएका छन् ।

प्रहरीकाअनुसार सतवरिया ५ असनियामा नदी किनारमा एउटा पुरुषको शव भेटिएको छ । यस्तै, सतवरिया ५ बगरापुरमा महिलाको शव भेटिएको डिएसपी शर्माले जानकारी दिए। यसैगरी बेला ८ मा एक पुरुषको र बेला ६ स्थित राप्ती बगरमा महिलाको शव भेएिको शर्माले जानकारी दिए। भेटिएका शवहरु प्यूठानतिरबाट नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरी आँकलन छ । प्रहरीका अनुसार ती शवहरु सबै गलिसकेको अवस्थाका छन्। चार शवको भने पहिचान हुन सकेको छैन । राप्ती नदीमा पानीको बहाव घटेसँगै बुधबार देउखुरीको जनजीवन सामान्य बन्दै गएको छ । स्थानीय प्रशासनले नदीमा पानीको बहाव घटेपछि बिस्थापित घर फर्किसकेको जनाएको । मंगलबार राप्ती नदीमा आएको बाढीले देउखुरीका दर्जन बढी घर भत्किएका छन् भने सय बढी घर डुबानमा परेका थिए । घरभित्रै बाढी पसेपछि अधिकांशको अन्नपात, लत्ताकपडा भिजेका छन् ।

dang Rapti Nadi