खेल

ब्राजिलको राजनीतिक संकट ओलम्पिकमा

ब्राजिलको राजनीतिक संकट ओलम्पिकमा
[caption id="attachment_14500" align="alignnone" width="1600"]RIO DE JANEIRO, BRAZIL - FEBRUARY 08:  A Rio Olympics 2016 car is seen before the first day of parades of the panel's Carnival in Rio de Janeiro on Marques de Sapucai Sambadromo on February 08, 2016 in Rio de Janeiro, Brazil. (Photo by William Volcov/Brazil Photo Press/LatinContent/Getty Images) Getty Images[/caption] साउन – १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपिरहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक खेलमा सहभागि नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिने भएको हो । ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागि नहुने भएका छन् । निलम्बित राष्ट्रपति रुसेफको ठाँउमा अन्तरिम राष्ट्रपति मिचेल टेमरले मराकाना रंगशालामा हुने भव्य उद्घाटन समारोहमा ब्राजिल सरकारको प्रतिनिधित्व गर्नेछन् । आगामी अगष्ट ५ तारिखबाट सुरु हुने ग्रिष्मकालिन ओलम्पिकमा २ सय ८ राष्ट्रका झण्डै १० हजार ५ सय खेलाडीले सहभागिता जनाउँदैछन् । ओलम्पिक लगत्तै राष्ट्रपति रुसेफ विरुद्ध महाअभियोग प्रस्तावले गति लिनेछ । रुसेफले संसदमा महाअभियोगको प्रस्ताव झेलीरहँदा पुर्व राष्ट्रपति लुला डा सिल्भा भने भ्रष्टाचार, पदको दुरुपयोग तथा अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् ।

Olympic Rio 2016