अर्थ ताजा खबर पर्यटन समाचार

पर्यटनको कमाइ : एक नेपालीको भागमा १८ डलर

पर्यटनको कमाइ : एक नेपालीको भागमा १८ डलर

Naya

साउन ११ । नेपाली अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटनबाट हुने आम्दानीबाट मुलुकको अर्थतन्त्रमा पार्ने योगदान न्यून देखिएको छ । सन् २०१५ मा पर्यटन उद्योगबाट भएको आम्दानी र नेपालको जनसंख्याबीच तुलना गर्दा पर्यटन क्षेत्रले कमाएको आम्दानी एक नेपालीको भागमा वार्षिक १८ अमेरिकी डलर मात्र पर्ने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा पर्यटन क्षेत्रबाट ४९ अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको छ ।

यो आम्दानीलाई नेपालको जनसंख्यासँग तुलना गर्दा एक नेपालीका भागमा वार्षिक १८ डलरभन्दा कम पर्न आउँछ । जुन तथ्यांक प्राकृतिक र सांस्कृतिक सम्पदाका दृष्टिमा नेपालभन्दा गरिब अन्य मुलुकको तुलनामा समेत कमजोर हो । छिमेकी मुलुकले मनग्य कमाउँछन्   पर्यटनबाट हुने आम्दानीलाई जनसंख्यामा भाग लगाउने हो भने भारतीय र नेपाली जनताका भागमा लगभग समान रकम पर्न जान्छ ।  भारतको जनसंख्या नेपालको तुलनामा  कैयौँ गुना बढी छ ।

मन्त्रालयका अनुसार पर्यटनबाट उक्त देशका नागरिकको हिस्सामा पर्ने आम्दानीको दृष्टिबाट नेपाल छिमेकी अन्य मुलुक भुटान, श्रीलंकालगायतभन्दा पनि थोरै हो । त्यसैगरी भुटानका नागरिकले ४ गुना तथा श्रीलंकाका नागरिकले ३ गुना बढी आम्दानी गरेका छन् । पाकिस्तान, अफगानिस्तानजस्ता द्वन्द्वग्रस्त मुलुक मात्र नेपालभन्दा पछाडि छन् ।

सन् २०१५ मा थाइल्यान्डका जनताले पर्यटनबाट नेपालको तुलनामा २५ गुना बढी आम्दानी गरेका छन् । विश्वमै कमजोर उपस्थिति विश्व पर्यटन संगठनको तथ्यांकअनुसार सन् २०१५ मा विश्वभर १ अर्ब २० करोड मानिस एक मुलुकबाट अर्को मुलुकमा घुमघामका लागि निस्किएका छन् । ती पर्यटकले अनुमानीत १२ खर्ब ३२ अर्ब डलर खर्च गरेको तथ्यांक छ । त्यसमध्ये नेपालले विश्व पर्यटन बजारको शून्य दशमलव १ प्रतिशतमात्र पर्यटक भित्राउँछ । तथ्यांकअनुसार दक्षिण एसियामा आउने पर्यटकमध्ये नेपालले ५ दशमलव ७ प्रतिशत भित्रााउँछ । नयाँ पत्रिका

Paryatna
ADVERTISEMENT