पर्यटन प्रवास

चार घण्टा नेपालमय बन्यो हङ्कङ

चार घण्टा नेपालमय बन्यो हङ्कङ
hami othxao साउन – १० । ‘हाइक फर नेपाल’ शिर्षकमा आइतबार आयोजित कार्यक्रमले एसियाज वल्र्ड सिटीको उपमा पाएको हङकङ सहर करिब चारघण्टा नेपालमय भयो । भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्ने हेतुले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) आयोजना गरिएको हो । करिब १३ किलोमिटर यात्रालाई ‘नेपालका लागि सँगसँगै पाईला चालौ’ नारा दिइएको थियो । सहरको मुटुमा केन्द्रित सेन्ट्र«लस्थित हङकङ अवजरभेसन विह्वलबाट विहान करिब ८ः३० मा सुरु भएको यात्रा वान चाई ग्याप, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडहरुलाई छिचोल्दै समुद्री किनार रिपल्स बे मा पुगी टुंगिएको थियो । यहाँ बसोबासरत नेपाली स्थानीय चिनियाँ र विदेशीहरु गरी करिब तीन सयको सहभागिता रहेको हाइकिङमा सहभागीहरु वि विल राईज (हामी उठ्ने छौं) अंकित टिसर्टमा सजिएका थिए । महावाणिज्यदूत कमल प्रसाद भट्टराईले नेपालको राष्ट्रिय झण्डा उचाली कार्यक्रमको शुभारम्भ गरेका हुन् । १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा र १२ गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाई कार्यक्रमको मुख्य आकर्षण बने । गुरागाईले सोही समारोहमा १३ औं किर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेण्ड बास्केटबल नचाएका थिए । ‘हामी उठ्नेछौ’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय संस्था मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको हो । भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको हामी उठ्ने छौ । अभियानले पछिल्लोसमय विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिदैै आइरहेको छ ।

Hang-Kong Hick For Nepal