अपराध सुरक्षा ताजा खबर समाचार

पूर्वाञ्चल मानव अधिकार आयोगमा उजुरीको चाङ

पूर्वाञ्चल मानव अधिकार आयोगमा उजुरीको चाङ

Human Rights साउन ९ । राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा न्याय नपाएको भन्दै उजुरी दिनेको संख्या बढेको छ । आयोगमा प्रशासनिक निकाय, निजी कम्पनी र प्रहरीबाट सहज सेवा नपाएको भन्दै उजुरी गर्ने बढेका छन् । प्रहरीले जाहेरी नलिएकोदेखि उपचार नभएको, श्रीमानले हिंसा गरेको, अनुदान रकम फ्रिज नदिएको र उपभोक्ता अधिकार हनन् भएकोसम्मका उजुरी आयोगमा परेका छन् ।

यस्तै सडकको खाल्डोमा परेर घाइते भएकाले समेत न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेका छन् । आयोगमा आर्थिक वर्ष ०७१ ७२ मा ५५ वटा अधिकार हननका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७२ ७३ मा ६२ वटा दर्ता भएको जनाइएको छ । आयोगले मानवअधिकार हनन र उल्लंघन भएको भन्दै अघिल्लो वर्ष करिब चार सय र गत वर्ष पाँच सयको हाराहारीमा उजुरी लिएको थियो । तर, लिएका उजुरीमध्ये प्रारम्भिक अध्ययनपछि निश्चित उजुरी मात्र दर्ता गरेर अनुसन्धान गर्ने गरेको क्षेत्रीय निर्देशक कोषराज न्यौपानेले बताए ।

Human Rights Biratnagar

विशेष