प्रवास समाचार

काबुल हमलामा ६१ जनाको मृत्यु

काबुल हमलामा ६१ जनाको मृत्यु

jyan hatya

साउन ८  अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा कम्तीमा ६१ जनाको ज्यान गएको जनाएको छ। १५० जनाभन्दा बढी घाइते भएका छन्। प्राप्त खबरहरुका अनुसार घटनास्थलमा क्षतविक्षत शवहरु र पाखुराहरु छरपस्ट देखिन्छन्। स्वास्थ्य मन्त्रालयले मृतकको संख्या बढ्न सक्ने बताएको छ। kabul घाइतेहरुको उपचारका लागि आवश्यक रगत पुर्याउन रक्तदानका लागि अपील गरिएको छ। प्रदशर्नकारीहरुलाई रोक्न एवम् राष्ट्रपति भवनको सुरक्षाका निम्ति उक्त क्षेत्रमा अधिकारीहरुले अवरोध खडा गरेकाले घटनास्थलमा एम्बुलेन्सहरु पुग्न कठिनाई भएको थियो।

Death kabul hamala पबदगि