परिवार मेरो परिवार मेरो कथा

प्रधानन्यायाधीश सुशीला कार्कीको रोमाञ्चक प्रेमदेखि ‘जनवादी’ विवाहसम्म

प्रधानन्यायाधीश सुशीला कार्कीको रोमाञ्चक प्रेमदेखि ‘जनवादी’ विवाहसम्म

दुर्गा सुवेदी, पति 

मेरो विवाह ४५ सालमा भएको हो। गते र महिना मलाई ठ्याक्कै याद भएन । मेरो प्रेम विवाह भएको हो । पहाडमा उहाँको र मेरो घर नजिकै थियो । विराटनगरमा यहाँ सम्पन्न परिवारको हुनुहुन्थ्यो । म विराटनगर झरेपछि उहाँकै घरमा बसे केही समय ।

म जनता हाइस्कुलमा पढाउथेँ। उहाँ त्यही स्कुलमा ६ कक्षमा पढ्नुहुन्थ्यो । स्वाभिक रुपमा उहाँले सर भन्नुहुन्थ्यो । उहाँको वुवा पुरानो काङग्रेस कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ क्याम्पस भर्ना भएपछि रामचन्द्र पौडेलहरु नेपाल बिद्यार्थी संघको सघंठन गर्न आउनुभयो । उहाँ पनि त्यसमा रहनुभयो ।

रामचन्द«जीले मलाई उहाँलाई सक्रिय बनाउनुपर्छ भन्ने भन्नुभयो । त्यसपछि सम्पर्क बढ्दै गयो । त्यही बेला म प्लेन हाईज्याकिङमा गए । पछि लुकेर बनारसमा बसे ।उहाँ पनि बनारस आउनुभयो । बिपीसगं नजिक भएकाले त्यहाँ पनि बेला बेलामा भेट हुन्थ्यो । वनारसमा हुदाँ उहाँको कोठामा हतियार लुकाउने कुरा गर्नुभयो । यो मलाई मन परेन किन हो किन चिन्ता लागेर आयो ।

पढाईमा राम्रो भएको मान्छे फस्ने हो की भन्ने डर लाग्यो । त्यती बेला मन पराउने कुरै थिएन,कुनै संकेत पनि पाईएको थिएन । मलाई भारतिय प्रहरीले पक्राउ ग-यो, विहारको पुणे जेलमा पनि राख्यो । उहाँ र दुर्गा पोखरेल म जेलमा रहँदा भेट्न आउनु भयो ।किन आउनु भाको, तपाईहरुलाई नराम्रो हुन्छ भने । उहाँले भर फकिदै थियौ, भेट्न मन लागेर आको भन्नु भयो । दुई वर्ष पछि म जेलबाट छुटेर विराटनगर आए, तर कसैले पनि घरमा बसन दिन आनाकानी गरे । उहाँकै घरमा पनि बस्न दिएनन । लजमा गएर बसे,बेखर्ची थिए । दूई चार दिनपछि उहाँ भेट्न आउनुभयो र पाचँ सय दिनुभयो ।

कोही त छ मेरो नियती बुझिदिने भन्ने लाग्यो । एकदिन मैले उहाँलाई जिस्काउदै सोधे । पढाई पनि सकाउनु भयो अब घरजम गनुृपर्दैन? उहाँ केही नबोली हिड्नुभयो । उहाँले वकालत सुरु गरिसक्नुभएका थियो । धरानमा हुनुहुन्थ्यो । त्यहाँ आफ्नै कमाईले घर पनि बनाईसक्नु भएको थियो ।

म विराटनगरमै बसेको थिए । एकदिन विराटनगरमा भेट्न आउनुभयो र भरानमा मैलै घर बनाएको छु । आएर बस्दा हुन्छ भन्नुभयो । मलाई उहाँको प्रस्ताब असहज लाग्यो । के भनेर उहाँको घरमा बस्ने । समाजले के भन्ला भन्ने भयो ।त्यहीबीचमा म एकपटक धरान जादाँ उहाँलाई भेटेर पैसा मागेँ । उहाँले केही नभनी खुरुक्क दिनुभयो । म सामान्य परिवारको थिए उहाँ सम्पन्न परिवारको हुनुहुन्थ्यो । म बाहुन थिएँ, उहाँ क्षेत्री ।

उहाँको घरमा मान्नुहुन्छ भन्ने मलाई विस्वास नै थिएन । अकोृ कुरा म केही नभउको मान्छेलाई उहाँले मन पराउनुहून्छ भन्ने मलाई विस्वास नै थिएन । शैलजा आचार्यसगं मेरो अन्तरगं कुराकानी हुन्थ्यो । एकपटक उनले मलाई चाहीँ अर्ती दिने आफू चाही विहे नगर्ने भन्नुभयो । उनले सुशीलालार्इ प्रस्ताव गर राम्री छ मान्छे भनिन् ।

एकपटक धरानबाट धनकुटा फकिर्दा उहाँ घर धरान गए । केही त भन्नुहुन्छ कि भनेर आस गरेको थिएँ । तर उहाँले केही भन्नुभएन । ठूलो आस गरेकाे थिए, निराश भएं । विराटनगरमा टिकाजी भन्ने हुनुहुन्थ्यो । उहाँलाई भनेर टिनको छानो हालेर टहरामा बस्न थाले । उहालार्इ भेट्न आउन जान थालेपछि उहाँको घरमा थाहा पाएछन र रिसाएछन । घरमा कुरा चलिसकेपछि त केही बोलनुहुन्छ भन्ने लागेको थियो ।

तर केही बोल्नु भएन । केही दिनपछि अब त विहे गनुपर्छ तपाइृको के छ विचार, तपाईको परिवारले मान्दैन भने, ।अनी उहाँले परिवारले विहै गर्ने हो र भन्नुभयो । त्यति भएपछि त पुगेन ? उहाँ मसँग बिह गर्न तयार हुनुहुन्छ भन्ने भयो ।

एक दिन मैले अब बिहे गरौं भनेर प्रस्ताव गरें । उहाँले त्यसमा मौन सहमति जनाउनुभयो । विराटनगरकै एक रेष्टुरेन्टमा बिहे गर्ने तय भयो । मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, नोना कोइरालालगायत आउनुभयो । उहाँहरुले सुखमय दाम्पत्यजीबनका लागि शुभकामना दिनुभयो । उहाँ (सुशीला) ले नै एउटा मंगलसूत्र र सिन्दूर लिएर आउनुभएको थियो । मैले त्यही लगाइदिएँ ।

बिहेपछि दुई–तीन मेरो घरमा बस्यौं । बिहेको भोलिपल्ट शैलजा आचार्यले एक बोरा भाँडाकुँडा ल्याइदिनुभयो । पछि उहाँ धरान काममै फर्किनुभयो । (कार्कीका श्रीमान दुर्गा सुवेदीसँग नयाँ पत्रिकाले गरेको कुराकानीमा आधारित)

durga subedi Sushila Karki सुशीला कार्की