मेरो परिवार मेरो कथा

सर्वसाधारण सवार टेम्पोमा पूर्वमन्त्री

सर्वसाधारण सवार टेम्पोमा पूर्वमन्त्री

टेम्पो नम्बरः बा १ ह ३५०८

रुटः लगनखेलदेखि कोटेश्वर

स्थानः बबरमहल पूल

यात्रुः पूर्वमन्त्री लालबाबु पण्डित 

माइक्रोमा यात्रारत अरुले सायदै सोचेका थिए, यसरी पण्डित टेम्पोमा भेटिएलान् । जब पण्डितले टेम्पो रोके यात्रुमा भिन्दै उत्साह देखियो । अर्धबैंशे दम्पत्तिले पण्डितलाई आउनुहोस् आउनुहोस् भन्दै स्वागत गरे ।

खाशमा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सगरमाथा टेलिभिजनबाट तीनकुनेस्थित डेरातर्फ जांदै थिए । उनी टेलिभिजनमा अन्तरवार्ता दिनका लागि पनि माइक्रो नै चढेर आएका थिए । तीनकुनेस्थित कान्तिपुर टेलिभिजन नजिकै पण्डित डेरामा बस्छन् । उनी टेम्पोबाट झरेपछि सँगै रहेका पुरुष यात्रु तल झरेरै कुरा गर्न थाले । पण्डितले भने, 'मैले यसरी यात्रा गर्दा धेरै माया पाएको छु । उहाँले पनि भेट्न आउने कुरा गर्नुभयो । मैले नम्बर दिएको छु ।’ पण्डितले चाहेको भए टेलिभिजनले डेरासम्म गाडी पठाउन सक्थ्यो । उनले भने, 'मलाई माइक्रो नै सजिलो लाग्छ । हतार हुँदा र आयोजकले व्यवस्था गर्दामात्र निजी सवारी साधन चढ्छु ।’ सामान्य प्रशासनमन्त्री हुनुपूर्व लालबाबु पण्डितको चिनारी सामान्य नेताको थियो ।

मन्त्री हुँदा उनले देखाएको राष्ट्रवादी सोचका कारण उनको छबि असाधरण बन्यो । असाधरण छबी बनाएका पण्डितको साधरण जीबनशैलीले झन प्रभावित बनाउने गरेको छ । यही बुझेर होला, उनका सहयोगी वासिम वालमले माइक्रो यात्राको पोज सार्वजनिक गरिदिए ।

Lal babu pandit Lalbabu Pandit
ADVERTISEMENT