ताजा खबर पर्यटन समाचार

अविश्वासको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ : मन्त्री पोखरेल

अविश्वासको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ : मन्त्री पोखरेल
असार – ३० । पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गरेका छन् । Ananda Prasad Pokharel बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले भने,‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रिृप्ट बोेकेर यहाँ साथीहरु नाँचिरहनुभएको छ । हुनेवाला केही छैन । अविश्वाको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ ।’ मन्त्री पोखरेलले काँग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप समेत लगाए । उनले चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको दाबी गरे । उनले थपे, ‘सरकारले जनताको पक्षमा दिर्घकालिन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो ?, राष्ट्र र राष्ट्रियताको मुद्दा बोकेकै कारण हटाउनुपर्ने, यो गम्भिर विषय हो, यसको मूल्यांकन जनताले गर्नेछन् ।’ एमालेको नेतृत्वको सरकारले मुलुकको हित हुने र लोकप्रिय कामहरु गरेको देखेर जनताबाट नाँगिने डरले काँग्रेस र माओवादीले यो सरकारको विकल्प खोजेको उनको आरोप छ । उनले वर्तमान सरकार अल्पमतमा परेको भन्ने टिप्पणीको खण्डन गर्दै भने,‘अल्पमतमा परेको भए किन उहाँहरुले अविश्वासको प्रस्ताव पेश गर्नुभयो ?’

Ananda Pokharel Prayatan
ADVERTISEMENT