ताजा खबर समाचार समाज

माओवादीले छोडेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसहित अन्य मन्त्रीलाई

माओवादीले छोडेका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसहित अन्य मन्त्रीलाई

असार – २९ । माओवादीले छाडेका आठ मन्त्रालयको जिम्वारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समेत गरी अन्य मन्त्रीलाई तोकिएकेका छन् । प्रधानमन्त्रीले संविधानको धारा २९८ बमोजिम मन्त्रीहरुलाई थप कार्यभार दिएका हुन् । मन्त्रीहरुलाई थप कार्यभार दिएको पत्र बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ ।

 प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रालयको थप कार्यभार हेर्ने भएका छन् ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, उपप्रधानमन्त्री भीम रावललाई गृह, विष्णु पौडेललाई ऊर्जा, दीपक बोहोरालाई आपूर्ति, अग्निप्रसाद खरेललाई शिक्षा, रामकुमार सुब्बालाई सिँचाइ र शान्ता मानवीलाई कृषि मन्त्रालयको जिम्मेवारी थप गरिएको छ । उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा रेखा शर्मा, अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, गणेशमान पुन, गिरिराजमणि पोखरेल, उमेश यादव र हरिबोल गजुरेल ओली सरकारमा मन्त्री थिए ।

KP Sharma Oli Nepal Sarkar sing darbar

विशेष