ताजा खबर समाचार

ग्रेडिङ पद्धतिको बिरोधमा विप्लप माअाेवादी निकट विद्यार्थी संगठन

ग्रेडिङ पद्धतिको बिरोधमा विप्लप माअाेवादी निकट विद्यार्थी संगठन
असार – २७ । आवश्यक पूर्वाधार तयारी विना ग्रेडिङ पद्धति लागू गर्दा विद्यार्थी र अभिभावकहरु अन्यौलमा परेपछि अनेरास्ववीयू (क्रान्तिकारी) आन्दोलित बनेको छ । Karantikari Bidharthi Sangathan नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववीयू (क्रान्तिकारी) उपत्यका विशेष समन्वय समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यसको बिरोध जनाएको हो । ग्रेडिङ पद्धति झण्डै दुई लाख विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाउने गरी लागू गरिएकोमा क्रान्तीकारीले विरोध गरेको हो । ग्रेडिङ पद्धतिलाई तत्काल सच्याएर सबैले उच्चशिक्षा अध्ययन गर्न पाउने व्यवस्था मिलाउन क्रान्तिकारीले माग गरेको छ । संगठनले पूर्व तयारी र यसको मुल्य मान्यता विपरित ग्रेडिङ पद्धति लागु गरिएकोले यसको खारेज गर्ने माग गरेका छन । रिर्पोटस क्लबमा कार्यक्रम आयोजना गर्दै १५ बुदेँ माग अघि सारेर आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २७ गते ज्ञापनपत्र बुझाउने, २८, २९ र ३० गते प्रचारप्रसार तथा विद्यार्थी र अभिभावक जागरण, ३१ गते बृहद अन्र्तक्रिया, साउन ३ गते विद्यार्थी प्रर्दशन र ५ गतेबाट क्रियात्मक आन्दोलन सुरु गर्ने रहेको छ ।

Biplab Maoist Karntikari Bidharti Sangathan