अर्थ ताजा खबर समाचार

३३ सहकारी खारेज

३३ सहकारी खारेज
sahakari असार २७ । बाके जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् । लामो समय समयसम्म पनि निष्क्रिय रहेकाले सहकारीहरुलालाई खारेज गरेको हो ।  सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । खारेज हुने सहकारीमा सबैभन्दा बढी १८ कृषि सहकारी रहेका छन । यसैगरी पाँच/पाँच वटा बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी खारेजीमा परेका छन् । स्वास्थ्य, जडीबुटी, पशुपक्षी तथा पशुपालन, विद्युत् र उपभोक्ता सहकारी एक/एक वटा खारेजीमा परेको कार्यालयले जनाएको छ ।

Sakari