अर्थ ताजा खबर समाचार

नेपाल आयल निगम १४ वर्षपछि ऋणमुक्त

नेपाल आयल निगम १४ वर्षपछि ऋणमुक्त

oil Nigam असार २७ । सरकारी स्वामित्वको नेपाल आयल निगम १४ बर्षपछि पहिलोपटक ऋण मुक्त भएको छ । अन्तिम किस्ता वापत आज अर्थमन्त्रालयलाई १ अर्ब ४१ करोड रुपैयाँ बुझाएपछि निगमको सबै ऋण सकिएको हो । निगमले आइतबार ८० करोड ऋण र ६१ करोड व्याज अर्थमन्त्रालयलाई बुझाए पछि ऋणमुक्त भएको हो ।

२०७१ सालदेखि निरन्तर नाफामा रहेको निगमले अहिले सम्मको सरकारका विभिन्न निकायबाट लिएको कर्जा तिर्न सफल भएको हो । सरकारसंग पटक पटक ऋण लिदै आएको निगम, अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गएपछि क्रमश नाफामा गएको थियो ।

Oil Corporaion