ताजा खबर समाचार समाज

नयाँ शक्ति आज निर्वाचन आयोगमा दर्ता हुने

नयाँ शक्ति आज निर्वाचन आयोगमा दर्ता हुने
baburam vatarai पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । भृकुटीमण्डपबाट नाराजुलुशसहित सो पार्टी दर्ताका लागि कान्तिपथस्थित आयोगमा जाने बताइएको छ । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले दिउंसो साडे बाह्रबजे आयोग पुगिने र पार्टी दर्ता गराइने जानकारी दिएका छन् । सरकारले निर्वाचनको तयारी थालेसंगै नयाँ शक्ति पार्टी आयोगमा दर्ता हुन लागेको हो । भट्टराईले निर्वाचन भएमा पार्टी जुनसुकै समयमा चुनावमा जान तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले मधेशी मोर्चासँग सहमति नगरिकन गरिने चुनावले निकास दिन नसक्ने प्रष्ट गरेका छन् । नयाँ संरचनाका आधारमा निर्वाचन हुनुपर्नेमा नयाँशक्तिले जोड दिएको छ ।