अर्थ ताजा खबर समाचार

सवारी दुर्घटना बिमा बढ्यो

सवारी दुर्घटना बिमा बढ्यो
bima-samiti असार - २५ । बिमा समितीले सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ दिने भएको छ । बिमा समितिले यस अघिको व्यवस्था संशोधन गर्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउने व्यवस्था गरेको हो । यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवास्था रहेको थियो । समितिले शुक्रबार मोटर विमासमबन्धी निर्देिशका संशोधन गर्दै ५ लाख क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसअघि सवारी दुर्घटनामा पर्दा यात्रु र तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम फरक फरक रहेकोमा समितिले एउटै दर कामय गरेको समितिका निर्देशक श्रीमान् कार्कीले जानकारी दिए । नयाँ व्यावस्था आगामी १ साउनदेखि कार्यान्वयानमा आउनेछ ।

Biam Samiti Durghatana Bima