अपराध सुरक्षा प्रवास

साँसदलाई मानव तस्करीमा दुरुपयोग गर्ने रोहित खड्काको यस्तो कनेक्सन

साँसदलाई मानव तस्करीमा दुरुपयोग गर्ने रोहित खड्काको यस्तो कनेक्सन

sabasd

मानव तस्करीको आरोप लागेका ८ साँसद मध्ये सन्तराम थारुले आरोप खण्डन गर्नका लागि पत्रकार सम्मेलन गर्दै छन् । नेपालआजसंग कुरा गर्दै माओवादी केन्द्रका सांसद थारुले सम्भव भए आठैजनाले र नभए आफु एक्लैले पत्रकार सम्मेलन गर्ने जानकारी दिए । उनले आफु यो प्रकरणमा नजोडिएको दाबी गरेका छन् । अनावश्यकरुपमा बदनाम गर्न खोजिएकाले समाचारको खण्डन गर्न र यथार्थ बाहिर ल्याउन पत्रकार सम्मेलन गर्न लागेको उनको भनाइ छ ।

घटनाका बारेमा यथार्थ सूचना आफुले संकलन गरिसकेको र पार्टीसँग समन्वय गरी पत्रकार सम्मेलन गर्न लागेको उनले जानकारी दिए । उनीबाहेकका ७ साँसदले आफुहरुलाई लागेको आरोपको बारेमा बुझिरहेको जनाइएको छ । विश्वास गर्दा विवादमा तानिए साँसद माओवादी केन्द्रका ८ साँसद अहिले मानव तस्करीमा संलग्न भनि समाचार प्रकाशित भएपछि विवादमा परेका छन् । उनीहरुलाई स्पेन लैजाने प्रस्ताव अछामकै माओवादी साँसद जानकी साउदमार्फत आएको बुझिएको छ । उनका दाजु शेरबहादुर साउदले मोहन खड्का नाम गरेका व्यक्तिसँग सम्पर्क गराएका थिए ।

साँसदकै परिवारको तर्फबाट सोझा साँसदका लागि भन्दै अवसर आएपछि सबैले पासपोर्ट बुझाए । कन्सल्ट्यान्सीले उनीहरुसंगै थप एक एक जना लैजाने र पैसा असुल्ने योजना बनाएको हुनसक्ने बुझिएको छ । रोहित खड्काको कनेक्सन रोहित खड्कालाई सभासद्हरुको पहुँचमा पुरयाउने व्यक्ति हुन्ः सन्तोष केसी । सन्तोषको निकटता हिसिला यमीसँग थियो ।

बाबुराम भट्टराई प्रधानमन्त्री थिए । सन्तोषले यमीसहित उनकी स्वकीय सचिव जानुकालगायत १० जनालाई इटली लैजाने तय भएको थियो । कार्यव्यस्तताले यमी नगएपनि अरु गए । त्यहीबेला रोहितले जानुकालाई चिने । एकपछि अर्को गर्दै रोहित अरु साँसदको निकट भए । साँसदलाई सजिलै भिषा दिइन्छ भन्ने बुझेका उनले साँसदहरुलाई विभिन्न देश भ्रमणको अवसर दिए । बिचरा सभासद्लाई के था ? भित्रभित्रै उनीहरुको नाममा ब्रह्मलुट भइरहेको थियो । उम्कदै अहिलेका आरोपी, फस्दै अरु अहिले मानव तस्करीको आरोप लागेका साँसदहरुले आफुहरुले कुनै कीर्ते नगरेको बताइरहेका छन् ।

उनीहरुले आफ्नो पासपोर्टमात्रै दिएका हुन र सरकारी कागजात कीर्ते गरेका होइनन् भने उनीहरु कानूनी नजरमा चोखिनेछन् । भलै उनीहरुलाई बात लागिसकेको छ । उनीहरुले आफुहरुले समाचारमा उल्लेख गरेजस्तो कन्सुलर शाखाको पत्रको कीर्ते नबनाएको दाबी गरिरहेका छन् । प्रहरीले कन्सल्ट्यान्ट खड्कालाई पक्राउ गरिसकेको छ । साँसदको लेटरप्याड र कन्सुलर शाखाको पत्र खड्का आफैंले बुझेका थिए । बीचमा उनले चलखेल गरेको बताइन्छ । अहिलेका आठ साँसद स्पेन पुगेका छैनन् । बीचमै विवाद निम्तिएकाले उनीहरुले लैजाने भनिएका सहयोगीको स्पेनयात्रा रोकिनेछ ।

जालमा पर्दै अरु सांसद र नेता

यि सभासद् पनि जाने सम्भावना कम छ ।  यद्यपी उनीहरु मध्ये केहीको भिसा स्विकृत भइसकेको छ । अनुसन्धानको घेरामा यसअघि विदेश गइसकेका र आफुसँगै लगेका व्यक्ति नफर्काएका नेता र साँसदपनि परेका छन् । उनीहरुलाई आफुसँग लगेका ब्यक्तिलाई उतै छाडेको अभियोग लाग्नसक्छ । यस्ता नेता र साँसदको संख्या सयौं रहेको बताइन्छ ।

संदिग्ध रोहित

काठमाडौं गोठाटारका रोहित खड्का को हुन् भन्ने प्रश्नको उत्तर आरोपित साँसदले दिन सकेका छैनन् । आरोपित साँसदले अछामकी साँसद जानकी साउदमार्फत सम्पर्कमा आएको बताउने गरेका छन् । जानकीसँग उनका दाजु शेरबहादुर मार्फत सम्पर्क आएको बताइन्छ । शेरबहदुरले अरुलाई देखाउने गरेका छन् । हुँदाहुँदा बिषय जानुका पौडेलसम्म पुगेको छ । पौडेलले आफुले रोहितलाई  सामान्य हिसावले चिनेको र साँसदजस्तो व्यक्ति त्यसरी अपरिचितको भर परेको देख्दा अचम्ममा परेको प्रतिक्रिया दिइन् ।