मनोरञ्जन समाचार

ड्रिम्स नायिका साम्राज्ञीले छेडिन नाईटो

ड्रिम्स नायिका साम्राज्ञीले छेडिन नाईटो
नवनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नाइटोमा ‘बेली बटन’ लगाउन थालेकी छिन् । ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी यी सुन्दरी नायिकाले हालै प्रधानमन्त्री निवास वालुटारमा भएको एक भोजमा तस्विर खिचाउँदा उनले नाइटोमा छेडेर बेली बटन पहिरिन थालेको खुलासा भएको हो । एकताका पूर्व युवराज्ञी हिमानी शाहको नाइटोमा ‘बेली बट्न रिङ’ झुण्डिएको फोटो खुबै भाइरल भएको थियो । । नाइटो छेड्नुलाई अंग्रेजीमा ‘नेभल पाइरेसिङ’ भनिन्छ । samragyi-rajyalaxmi-shah सलक्क परेको आकर्षण अग्लो जिउडाल भएकी साम्राज्ञीले उक्त कार्यक्रममा दिएको एक सिंगल पोजमा उनको नाइटोमा झुण्डिएको बेली बटन रिङ स्पष्ट देखिन्छ । सेतो जालीवाला टिसर्टमा देखिएकी उनले निलो जिन्स पहिरिएकी छिन् । फोटोका लागि पोज दिने क्रममा सिधा उभिदा उनको टिसर्टमाथि सरेर उनको नाइटोको बेली बटन देखिएको छ । बलिउडमा र हलिउडमा सेलिब्रटीहरु आकर्षण देखाउनलाई नाइटोमा बेली बटन झुण्डयाउने चलन उच्च छ । जुन विस्तारै नेपाली नायिकाहरुमा पनि सर्न लागेको देखिन्छ । कामसुत्रमा भनिएअनुसार बेली बटन रिङ सन् ७०० देखि दक्षिणपूर्वी एसियाबाट प्रचलनमा आएको हो । सन् १९९३ मा मोडल क्रिष्टी टर्लिनटङले नाइटो छेड्दै लण्डनमा एक फेसन शो मा प्रस्तुत गरेपछि यसले फेशनको रुप लिएको थियो । पछिल्ला दिनहरुमा नाइटोमा गहना लगाउने ट्रेण्ड बढ्दो छ । धेरै खाले डिजाइनहरु बजारमा देखिन थालेका छन् । samragyi-rajyalaxmi-shah-jharna-thapa यसलाई कानमा छेडिने जसरी नै नाइटोमा छेडिने गरिन्छ । पुरुषले यदि नाइटो छेडेर बेली बटन रिङ पहिरिएमा त्यसले पुरुषत्व वा साहसको प्रतिनिधित्व गर्ने मानिन्छ । महिलाहरुले भने कामुक र सुन्दर देखाउन बेली रिङ पहिरिने गरेको मानिन्छ । ‘ड्रिम्स’मा उत्कृष्ट अभिनयका कारण चर्चामा रहेकी साम्राज्ञी त्यसपछि झरना थापाको हिट फिल्म ‘ए मेरो हजुर’को सिक्वेलमा अनुबन्ध भएकी छिन् । ‘ए मेरो हजुर २’मा उनी राम्रो पारिश्रमिकमा अनुबन्धन भएको बताइन्छ ।

dreams Jharna thapa samragyi rajya laxmi shah