ताजा खबर समाचार

माओवादी केन्द्रको हेडक्वाटर बैठक आज

माओवादी केन्द्रको हेडक्वाटर बैठक आज

Maobadi Kendra काठमाडौं, असार १६ । आन्तरिक तयारी नपुगेको भन्दै स्थगित नेकपा माओवादी केन्द्रको हेडक्वार्टर वैठक आजका लागि पुनः बोलाईएको छ । राजधानीको पेरिसडाँडास्थित पार्टी कार्यलयमा अपरान्ह १ वजे वस्ने वैठकमा वर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको संगठनात्मक विधिका सम्वन्धमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

१ हजार ५ सय महाधिवेशन आयोजक केन्द्रीय समिति बनाएको माओवादी केन्द्रले केन्द्रीय सल्लाहकार, हेडक्वाटरका साथै पोलिटव्यूरो र अन्य भातृसंगठनको सदस्य समेत विस्तार गर्ने तयारी गरेको छ । केन्द्रीय सल्लाहकार समिति र हेडक्वाटरका साथै अन्य समितिमा सदस्य विस्तार गर्ने सम्वन्धमा पनि आजको वैठकमा छलफल हुने प्रवक्ता भुसालले बताउनुभयो ।

Maobadi Kendra Prachanda