अपराध सुरक्षा ताजा खबर समाचार

लथालिंग त्रिभुवन विमानस्थल सिसिटीभि विगारेर तस्करी धन्दा

लथालिंग त्रिभुवन विमानस्थल सिसिटीभि विगारेर तस्करी धन्दा
tia- असार १४ । त्रिभुवन विमानस्थलको यात्रु आवागमन र प्रस्थान क्षेत्रमा जडित सीसी क्यामेरा गुणस्तरहीन भएकाले त्यहाँ ओहोर दोहोर गर्ने मानिसहरूको अनुहार चिन्नै मुस्किल पर्छ । मिलाएर सीसी क्यामेरा नाम मात्रको राखेर गुणस्तरहीन जडान गरेको र मानिसहरूको अनुहार सफा र स्पष्ट नदेखिने बनाइएको आरोप सुरक्षा अधिकारीहरूको रहेको छ । यसका साथै नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सयौं कर्मचारीहरू तस्करबाट झर्ला खाउँला भन्ने मानसिकतामा रहेका हुन्छन् । एयरपोर्टको सुरक्षामा कति लापर्वाही गर्छन् र सीसी क्यामेराको स्पष्ट रेकर्डका बारेमा पनि कति बेखबर रहेका छन् । गुणस्तरहीन सीसी क्यामेरा जडान गरेर टीआइएको सुरक्षा ब्यवस्थालाई खतरामा राखिएको उदाहरण चोरहरू बाणिज्य बैंकभित्र सजिलै प्रवेश गरेर तोडफेड गरेको घटना समेत रहेको छ । सीसी क्यामेराले मानिस नै नचिन्ने फुटेज रेकर्ड गरेपछि चोरले हरेक प्रकारका सामान चोर्न र तस्करी गर्न सफल भएका छन् । विमास्थलका हाकिहरु र सुरक्षा अधिकारीहरूलाई घुस असुल्न सजिलो भएको छ । TIA Airport TIA Nepal