ताजा खबर समाचार

प्रधानमन्त्री ओली र आयुक्त यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल

प्रधानमन्त्री ओली र  आयुक्त यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल
असार  - ९ । प्रधानमन्त्री केपी शर्मा ओली र कावा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच स्थानीय निर्वाचनको विषयमा छलफल भएको छ । kp sharma oli सो अवसरमा कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय निर्वाचनका लागि आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका आयोगका सहसचिव वीरबहादुर राईले जानकारी दिए । उनका अनुसार प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय निर्वाचनसम्बन्धी कानुन निर्माण गर्नुपर्ने एवम् प्राविधिक विषय प्रधानमन्त्रीसमक्ष राखेका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनको तयारीका लागि आयोगलाई सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल पनि सहभागी थिए । रासस

KP Sharma Oli