ताजा खबर प्रवास मेरो परिवार मेरो कथा समाचार

संचिता पशुपतिमा आत्मदाह गर्न भन्दै जब कस्सिइन

संचिता पशुपतिमा आत्मदाह गर्न भन्दै जब कस्सिइन

बुधबार चाटर्ड विमानमाफर्त काबुलबाट शब ल्याउंदा मृतकका परिवारजन विमानस्थल हानिएका थिए । उनीहरु सबैको साझा पीडा थियोः परिवारजनको निधन । तर, पीडा उही भएपनि व्यक्तिपिच्छेका कथा बेग्लाबेग्लै थिए । बिल्कुलै भिन्न कथा थियो ः संचिता लामाको । काबुल आक्रमणमा ज्यान गुमाएका रुपन्देही बुटवल देवीनगरका जितेन्द्र थापाकी श्रीमती संचिता ४ महिने काखे छोरासहित विमास्थल पुगेकी थिइन् । यि यस्ती अभागी पात्र बनिन् जस्ले आफ्नो श्रीमानको शबसमेत बुझ्न पाइनन् । किनकी उनी जितेन्द्रकी दोस्री श्रीमती थिइन् । थापाका दुईवटा श्रीमती मध्ये जेठी बुटवल बस्थिन् । सरकारी रेकर्डअनुसार शब बुटवल नै लैजाने भइयो ।

सौता माथि लगेर संचितालाई पहिले नै नियतीले ठगेको थियो, त्यसमाथि दैबले श्रीमान छिन्यो । हुंदाहुंदा प्रशासनले शब अन्तै लगिदियो । पीडाको पहाड छातिमा राखेकी संचिताले चोट खप्न सकिनन् । उनको हंसले ठांऊ छोड्यो ।संचिताको रोधनले विमानस्थलको वातावरण झनै खल्बलियो । धेरैको आंखा छचल्किए । पशुपतिमा आत्मदाह गर्ने भन्दै भुंइमै पछारिइन् ।

संचिता र जितेन्द्रको उमेरपनि मिल्दैनथ्यो । अनमेल विवाह गरेकी संचिताको दाम्पत्य जीबन लामो समय टिकेन । छोराको न्वारनमा आइ फर्केका जितेन्द्र कहिल्यै नउठ्ने गरी बाकशभित्र पल्टिएर फर्के । जितेन्द्रको शब बुटवल लग्ने भएपछि उनीपनि हवाइमाध्यमबाट बुटवल हानिइन् । जहां पहिलो पटक जम्काभेट भयो ः गौतमी थापासंग । जेठी पत्नी गौमती थापाको कोखबाट जितेन्द्रका २ छोरा भइसकेका थिए । लक्काजवान किशोरवयका दुई छोरा र पत्नी घरमा हुंदाहुंदै जितेन्द्रले अर्की विहे गरेका थिए । पहिलो पटकको भेट श्रीमानको शबमाथि हानथाप गर्न भइरहेको थियो । हुने हार दैब नटार भनेको सायद यही हो । श्रीमानको शब कस्को हातमा पर्ने भन्ने प्रतिश्प्रर्धाजस्तै चल्यो ।

अन्ततः दुबैले सरसल्लाह गरेर शबदाह गर्ने निष्कर्ष प्रशासनले निकाल्यो । शबदाहको समस्या टरेको छ । सरकारले दिने भनि घोषणा गरेको १० लाख र कम्पनीले मौखिकरुपमा दिने भनेको भनिएको झण्डै ५५ लाखको विवाद सुल्झिसकेको छैन । प्रेमको पोखरीमा हाम्फालेकी संचिता अहिले सोक र सन्तापको समुन्द्रमा धकेलिएकी छन् ।

kabul bomb attack kabul victim kabul's tragedy in kathmandu