अपराध सुरक्षा ताजा खबर समाचार

एक बर्षमा एक गुण्डा ढाल्ने प्रहरी नीति, चरी र घैंटेपछि निशानामा जसवन्त

एक बर्षमा एक गुण्डा ढाल्ने प्रहरी नीति, चरी र घैंटेपछि निशानामा जसवन्त
[caption id="attachment_7878" align="alignnone" width="1000"]don-nepal तस्विर : एजेन्सी[/caption] प्रहरीले बर्षैपिच्छे एक एक जना गुण्डालाई निशाना बनाउने गरेको देखिएको छ । तीन बर्ष यताको घटनाक्रमलाई हेर्ने हो भने प्रहरीले एक बर्षको अन्तरालमा एक गुण्डालाई सिद्धाउने र गुण्डालाई तर्साउने गरेको देखिन्छ । २०७१ साल साउनमा दिनेश अधिकारी चरी, २०७२ साल भदौमा कुमार श्रेष्ठ घैंटेलाई ढालेको प्रहरीले २०७३ साल असारमा जसवन्त राईलाई निशाना बनाएको छ । चरी र घैंटे मारिएका थिए भने राईको उपचार भइरहेको छ । प्रहरीको निशाना बर्खायाममै पर्ने गरेको छ । कसरी मारिए चरी गुण्डाका नाइके दिनेश अधिकारी उर्फ ’चरी’ २०७१ सालमा मारिए । लामो समयदेखि उनी प्रहरीको खोजीको सूचीमा थिए । चरी राजधानीको सीतापाइलाबाट पश्चिमतर्फ साढे छ किलोमिटर टाढा भीमढुंगा भञ्याङमा प्रहरीको गोलीबाट मारिएका थिए । चरी हतियार सहित राजधानीमा हिडिंरहेको सुचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाकी डिएसपी मिरा चौधरी टिमसहित सितापाईला क्षेत्रमा खटिएकी थिईन् । सीतापाईलामा बा ४९ प ३११२ नम्बरको रातो पल्सर मोटरसाइकलमा संकास्पद व्यक्ति हुइँकिदै गएको देखेपछि प्रहरीले उसको पिछा गरेको थियो । भीमढुंगा पुगेपछि एक्कासी प्रहरीमाथि गोली चलाउन सुरू गरेपछि जवाफी फायरिङ (क्रस फायर) गरको प्रहरीको प्रष्टिकरण छ । चरी मारिएसंगै घटनास्थलमा महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की र हनुमानढोका प्रहरी प्रमुख एसएसपी उत्तम कार्की सहितको टोली पुगेको थियो । प्रहरीको अनुसार चरीले प्रहरीमाथि सात राउण्ड गोली फायर गरेका थिए । त्यसको जवाफी फायरिङमा प्रहरीले आठ राउण्ड गोली प्रहार गरेको थियो । चरी ठेक्कापट्टा, गुण्डागर्दी, व्यवसायीलाई धम्क्याएर चन्दा असुली लगायतका आपराधिक गतिविधिमा लामो समय देखी संलग्न थिए । चरी राजधानीको नयाँबजार एरियालाई आधार ईलाका बनाएर ब्यापारीहरु संग चन्दा असुली गर्दथे । प्रहरीले चरीलाई ईन्काउन्टर गर्नु भन्दा १ बर्ष अगाडी गैँडाको खाग तस्करी गरेको अभियोगमा काठमाडौंको बालाजुस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो । एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष भएकै बेला पक्राउ परेका चरीलाई राजनीतिक दबावमा मुक्त गराइएको थियो । काठमाडौंमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतसम्म पुगेका थिए । खरेलका पालामा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो । कसरी मारिए घैंटे नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे २०७२ साल भाद्रमा प्रहरीको ईन्काउन्टरमा नै मरे । प्रहरीको गोली लागि घैंटेको मृत्यु भएको थियो । प्रहरी र घैंटेको समूहबीच राजधानीको कपुरधारामा गोली हानाहान भएको थियो । गोली लागेर घाइते भएका घैंटेलाई उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालमा पु¥याउन नपाउदै घैटे मरिसकेका थिए । महानगरीय अपराध महाशाखाका अनुसार नियमित गस्तीमा रहेको प्रहरीमाथि घैंटे समूहले गोली चलाएपछि प्रहरीले पनि गोली चलाउदा उनको मृत्यु भएको थियो । उनले कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेका थिए । पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाए । उनी २०६२ सालबाट बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो । प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए । २०६३ असार १८ गते नै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए । मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएकोले उनलाई ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएको थियो । त्यसपछि पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो । हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए । प्रहरीको इनकाउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरीको मृत्यु भएपछि घैटे भारत र सिंगापुरमा लुकेर बस्दै आएका थिए । भूकम्पपछि उनी नेपाल फर्किए र त्यही बेला उनको ईन्काउन्टर भयो । राईमाथिको निशाना चरी र घैटेलाई जस्तै प्रहरीले फेरि गुण्डाका नाईके जसवन्त राईलाई गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिए । उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।उनी यसअघि ज्यान मुद्दा र थुप्रै अपराधमा पटक–पटक समातिएका थिए । प्रहरीले उनलाई गैरकानुनी रुपमा हप्ता उठाउदै हिडेको आरोप लगाएको छ । केही बर्षअघिसम्म काठमाडौंमा खुब गुण्डागर्दी चल्थ्यो । पछिल्लो समय गुण्डाहरु भुमिगत भएका छन् । गुण्डागर्दी सकिएको भने छैन । शैली फेरिएको छ । प्रहरी संगठनले कडाइ गर्दा गुण्डागर्दी तह लाग्दो रहेछ भन्ने देखिएको छ । गुण्डाहरुलाई राजनीतिक संरक्षण हुने गरेको छ । एमाले हालका प्रधानमन्त्री केपी ओलीको संरक्षकत्वमा चलेका थिए । चरीमाथि अर्को समुहले आक्रमण गर्दा ओली अस्पतालनै पुगेर चरीको पक्षमा बोलेका थिए । एमालेका क्षेत्रिय नेतासमेत रहेका चरी एमालेकै उपाध्यक्ष बामदेब गौतम गृहमन्त्री हुंदा मारिए । घैंटे कांग्रेसका स्थानीय नेता थिए । नुवाकोटका नेता जगदीशनरसिंह केसी र गगन थापाको नाम घैंटेसंग जोडिन्थ्यो । कांग्रेसका तत्कालिन सभापति स्वर्गी सुशील कोइराला प्रधानमन्त्री हुंदा घैंटे मारिए । राजनीतिक केन्द्रको जति नै ओत भएपनि गुण्डा काउन्टरमा पर्ने गरेका छन् । इन्काउन्टर एक बर्षको अन्तरालमा हुने गरेको छ । कतै यो प्रहरीको बार्षिक कार्यक्रम त होइन ?

dinesh adhikari chari Jawasant rai kumar shreshtha ghaite SSP Mira Chaudhary SSP srbendra khanal