ताजा खबर समाचार

सल्यानमा दुई हजार उजुरी

सल्यानमा दुई हजार उजुरी
असार - ९ । स्थानीय शान्ति समिति, सल्यानमा द्वन्दकालीन घटनाको न्यायपूर्ण रुपमा छानबिनका लागि दुई हजार एक सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।  Saty nirupan बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्दबाट पीडितको उजुरी सङ्कलन गर्न थालेपछि पीडितले न्यायका लागि उजुरी दिएका हुन् । शान्ति समितिका अनुसार बेपत्ता छानबिन आयोगमा ५४ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा दुई हजार एक सय ४० उजुरी परेका छन् । उजुरी दर्ता गराउने समय असार मसान्तसम्म थप गरिएकाले उजुरीकोे सख्यामा वृद्धि हुने समितिका सचिव विष्णु शर्माले जानकारी दिए । रासस