समाचार

आर्थिक समृद्धिका लागि क्रियाशील हुन्छौँ– डा भट्टराई

आर्थिक समृद्धिका लागि क्रियाशील हुन्छौँ– डा भट्टराई

असार - ९ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि आफूहरु क्रियाशील रहेको बताए । 

पार्टी कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो पार्टी कुन स्थानमा रहनेभन्दा पनि मुलुकको समृद्धिको प्रश्न नै महत्वपूर्ण रहेको बताए। सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको बताउँदै अब भावी पुस्ताका लागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको जानकारी दिए । पार्टीले शुक्रबार सचिवालयको बैठक बोलाएको प्रवक्ता खिमलाल देवकोटाले बताए । रासस