अपराध सुरक्षा ताजा खबर समाचार

गुन्डा आरोपित राईलार्इ गोली प्रहार गरी पक्राउ

गुन्डा आरोपित राईलार्इ गोली प्रहार गरी पक्राउ

असार - ९ । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ ।

arrest

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिए । उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रहरीसँगको झडपमा उनका अन्य चार/पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिए । राईमाथि ज्यान मार्ने उद्योगलगायत चार-पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ । उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए । रासस

pakrawo sarbendra shoot