ताजा खबर समाचार

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

Samsad vaban

काठमाडौं, असार ९ । नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । काँग्रेसले भूकम्पपीडितलाई सरकारले दिने भनेको दुई लाख रुपैयाँ एकमुष्ठ उललब्ध नगराइएको विरोधमा संसद बैठक अवरुद्ध गरेको हो ।

सरकारले भूकम्पपीडितलाई एकमुष्ठ रकम दिने भनेपनि आलटाल गरेको, दिनका लागि कुनै प्रक्रिया शुरु नगरेको भन्दै काँग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । बैठकको शुरुमै सभाुमखसँग समय लिएर बोल्ने क्रममा नेपाली काँग्रेसका संसद प्रकाशशरण महतले सरकारले प्रतिबद्धता अनुरूप काम नगरेकाले आफूहरू संसद अवरुद्ध गर्न बाध्य भएको बताए । भूकम्पपीडितका लागि एकमुष्ठ रकम उपलब्ध गराउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले वास्ता नगरेको महतले आरोप लगाए । काँग्रेसले संसद अवरुद्ध गर्न खोजेपछि सभामुख ओनसरी घर्ती मगरले भोलि नै यस विषयमा सदनलाई जानकारी गराउने भन्दै बैठक अवरुद्ध नगर्न आग्रह गरेकी थिइन् । नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रधानमन्त्रीले भूकम्पपीडितलाई एकमुष्ठ रकम उपलब्ध गराउने विषयमा एक घण्टाभित्र प्रतिबद्धता जनाउनुपर्ने र त्यसो नगरेसम्म संसद चल्न नदिने अडान राखेपछि भोलिसम्मका लागि संसद स्थगित भएको छ ।

Nepali Congress Samsad