प्रवास समाचार

काबुलमा मारिएकाप्रति अमेरिकामा श्रद्धाञ्जली र दीप प्रज्वलन

काबुलमा मारिएकाप्रति अमेरिकामा श्रद्धाञ्जली र दीप प्रज्वलन
असार – ९ । गत सोमबार विहान आफगानिस्तानको काबुलमा भएको आतंककारी हामलामा ज्यान गुमाकाहरुप्रति एनआरएनले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । nrn-logo-300x224 काबुलमा मारिएका नेपाली दाजुभाइको सम्झनामा आउँदो शनिवार दीप प्रज्वल कार्यक्रम राखिएको एनआरएन अमेरिकाले जनाएको छ । श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम २५ जुन २०१६, शनिबारका दिन बेलुका ७ बजेदेखि ८ः३० सम्म डाइभर्सीटी प्लाजा, ज्याक्सन हाइट, न्युर्योकमा हुने छ । उक्त कार्यक्रममा सम्पूर्ण न्युयोर्क तथा न्युजर्सीवासी नेपालीलाई उपस्थित हुन पनि अनुरोध गरिएको छ । कार्यक्रमको आयोजना  अमेरिका एनआरएन, न्युयोर्क च्याप्टर एनआरएन आइसीसीले गर्न लागेको हो ।

Nrn amerika