ताजा खबर पर्यटन समाचार

साढे दुई घण्टामै केरुङ !

साढे दुई घण्टामै केरुङ !

Kerung

असार ९ । साढे दुई घन्टामै काठमाडौंबाट चीनको व्यापारिक नाका केरूङ पुग्न सकिने गरी सुरूङमार्ग निर्माण सहित सडक विस्तार हुने भएको छ । काठमाडौंबाट केरूङसम्मको सडक दूरी अब सय किलोमिटर भन्दा कम हुने गरी सरकारले सडक विस्तार गर्न लागेको हो । काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी, टोखा हुँदै नुवाकोटको छहरे–त्रिशूली–वेत्रावती–मैलुङ–रसुवागढी हुँदै चिनियाँ नाका केरूङसम्म पुग्ने छोटो बाटो कम समयमै सकिने देखिएको छ । सरकारले सामाखुसीदेखि छहरे खोलासम्म ३४.२ किमी सडक खण्डलाई डबल लेनसहित विकास गर्न लागेको हो । जसअन्तर्गत टोखादेखि छहरेसम्म ४.१७५ किमी सडक सुरूङ मार्ग निर्माण गरिने छ । कान्तिपुर दैनिक

ADVERTISEMENT