अपराध सुरक्षा समाचार समाज

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ

कार्यालय परिसरबाटै ४५ हजार घुससहित इन्जिनियर महर्जन पक्राउ
बिप्लव नेतृत्वको केनपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जन घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । कार्यालय परिसरमै ४५ हजार घुस रकम सहित आज दिउसो २ः३० बजे महर्जन पक्राउ परेका हुन् । ghush मकवानपुरगढी ५ स्थित देवीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल प्रसाद तिमल्सिनासँग घुस लिँदै गर्दा उनीहरु सहित लाई पक्राउ गरि अख्तियारलाई बुझाएको माओवादी मकवानपुरले जनाएको छ । उपभोक्ता कमिटिका सचिव गोपाल प्रसाद तिमल्सिनाले आठ लाख रुपैयाँको खानेपानी आयोजना सम्पन्न गर्न १८ प्रतिशत रकम माग गरेकोमा पहिलो किस्ता स्वरुप ४५ हजार रुपैयाँ इन्जिनियरलाई घुस दिएको बताए । कार्यालय समयमा सरकारी निवासभित्र घुस रकम लेनदेन गरिरहेको गोप्य सुचना आएपछि माओवादी टोलीले छामा मारी पक्राउ गरेको बिप्लब माओवादी मकवानपुरका नेता गोकुल दहालले बताए । यस अघि पनि  बिप्लब माओवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका इन्जिनियरलाई घुस सहित पत्राउ गरेको थियो । घुस रकम लिने दिने दुबै पक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको अख्तियार मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।

Biplab Maoist