ताजा खबर समाचार

काबुलबाट निगमको जहाज काठमाडौंतर्फ

काबुलबाट निगमको जहाज काठमाडौंतर्फ

kabula 2332

काठमाडौं असार ८ ।  आत्मघाती बम विष्फोटमा परेर सोमबार काबुलमा ज्यान गुमाउने १२ नेपाली कामदारको शव नेपाल वायुसेवाको चार्टर उडानबाट आज अपरान्ह ३ बजे काठमाडौं ल्याइने भएको छ । सोही विमानमा नेपाल फिर्ता आउन चाहेका थप २४ नेपाली कामदारलाई पनि काठमाडौं ल्याइंदै छ । नेपाल फिर्ता आउन लागेका कामदार पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका साब्रे इन्टरनेशनल (बेलायती कम्पनी) सम्बद्ध हुन् ।

काबुलस्थित कम्पनी स्रोतका अनुसार विस्फोटमा परेर सख्त घाइते भएका ७ जनामध्ये ५ कामदारलाई बुधबार विहान दश बजे दिल्ली पठाइएको छ । दिल्ली लगिएका घाइतेहरुमा प्रेमबहादुर क्षेत्री (मोरङ), चेतप्रसाद शेरचन (म्याग्दी), कुमारबहादुर गुरुङ (गोरखा), कृष्णकुमार देउजा (चितवन) र अमृत रोकाया क्षेत्री (सुर्खेत) रहेका छन् । उनीहरुको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गरिनेछ ।

चितवनका मानवबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङ्लाई भने एयर एम्बुलेन्सबाट दिल्ली लैजान चिकित्सकीय परामर्श जारी छ । दुईमध्ये च्याङ्वालाई भेन्टिलेटरमा राखेर सघन उपचार गरिरहेको छ भने मानबहादुरको दुवै कानका जालीमा समस्या देखिएको छ ।

Kabul