अपराध सुरक्षा समाचार स्वास्थ्य

के हो क्वाक अपरेशन ? वास्तविक अर्थ थाहा पाइराख्नुहोस्

के हो क्वाक अपरेशन ? वास्तविक अर्थ थाहा पाइराख्नुहोस्

असार - ७ । वास्तविक अर्थ अग्रंजी शब्द quack बाट क्वाक अप्रेशनको नामकरण गरिएको हो । यो नामवाचक शब्द हो । तालीम वा योग्यता नपुगेको तर डाक्टर भएको बहाना गर्ने वा अभ्यास गर्ने व्यक्तिलाई क्वांक भनिन्छ । ( An untrained person who pretends to be a physician and dispenses medical advice and treatment) तालीम वा योग्यता नपुगी डाक्टरी पेशा गरियो भने त्यसलाई क्वांकरी भनिन्छ ।

 प्रहरीले क्वांक अप्रेशन थालेको चर्चा अहिले धेरै छ । झण्डै ५० जना डाक्टरहरु प्रक्राउ पनि परेका छन् । यो अपरेशनको अर्थ हो क्वांक अर्थात नक्कली चिकित्सकको खोजी गर्नु । डाक्टर हुनलाई पढेरमात्रै हुंदैन । उससंग लाइसेन्स पनि हुनुपर्छ । मेडिकल काउन्सिलले लिने परीक्षा पास गर्नुपर्दछ । एमविविएस पास गरेका तर मेडिकल काउन्सिलको परीक्षा पास गर्न नसकेका क्वांक धेरै छन् ।

त्यस्तै मेडिकल काउन्सिलको परीक्षा पनि पास गरेका एमवीविएस पनि पढेका तर एसएलसी वा आइएस्सीको प्रमाणपत्र नक्कली भएका पनि छन् । कतिपय क्वांकहरुले अरुको लाइसेन्स नम्बर पनि प्रयोग गर्ने गरेका छन् । पक्राउ परेलगत्तै क्वांकहरुको चुरीफुरी बन्द हुने गरेको छ । अहिलेसम्म पक्राउ परेका धेरैजसो क्वांकहरु सामान्य धरौटीमा छुटेका छन् । अब भने फरक हिसावले मुद्दा दर्ता भएकाले कारवाही कडा हुने केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआजी नवराज सिलवालले विश्वास लिएका छन् ।

एमाले नेता पनि क्वाक, बिएनबि तथा नर्भिक पनि क्वाक  सीआईबीको उक्त अप्रेशनपछि धमाधम नक्कली डाक्टरहरुको पोल खुल्न थाल्याे । यसैबीच नेपालमा गनिएका र भनिएका बिएनबि तथा नर्भिक अस्पतालमासमेत क्वाकहरुले काम गर्ने तथ्य खुलेकाे छ । त्यस्तै सामाखुसी स्थित कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलका मालिक डाक्टर बुद्धिमान श्रेष्ठ क्वाककाे रुपमा पक्राउ परेका छन् । श्रेष्ठ - नेतृत्वकाे टाेलीले प्रधानमन्त्री केपी शर्मा ओलीको दन्त परीक्षण, ग्रान्डिङ, देब्रे भागको बंगारामा स्थायी फिलिङ समेत गरेकाे थिए ।

श्रेष्ठ एमालेकाे केन्द्रीय स्वास्थ्य विभागका सदस्य पनि हुन् । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र सिआईबीले संयुक्त रुपमा शुरु गरेको अपरेशन ‘क्वाक’ अन्तर्गत ठूलो संख्यामा नक्कली डाक्टरहरु पक्राउ परेका हुन् । अझै पनि क्वांकहरुको खोजी जारी छ । अब भने, नक्कली पाइलट, नक्कली इन्जिनियरहरुको खोजी गर्ने तयारीमा व्यूरो छ । 

र याे पनि,

३६ चिकित्सकलाई काठमाडौं जिल्ला अदालतमा पेश

 

CUPN UMl nakkali doctor quack operation
ADVERTISEMENT