ताजा खबर पर्यटन समाचार

विश्व योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदै

विश्व योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईदै

Yog काठमाडौं, असार ७ । विश्व योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताकासाथ मनाइदैे छ । नेपालमा योग र आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरि मनाइन लागिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल योग एसोसिएसनले योग तथा पर्यटन र्याली तथा योग, स्वास्थ्य र पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

जसमा विभिन्न १४ देशका योग गुरु प्रतिनिधिहरुको पनि सहभागिता रहने जनाइएको छ । भृकुटीमण्डपस्थित पर्यटन बोर्डबाट योग रयाली सुरु भई दरबारमार्गस्थित होटल उडल्याण्डमा यौगिक प्रणायामलगायतका कार्यक्रम गरिने आयोजक संस्थाका अध्यक्ष मोहन लम्सालले जानकारी दिए ।योग गुरु डा चिन्तामणि योगीले योगको माध्यमबाट आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पर्यटन व्यवसायी राजन सिंखडाले नेपाललाई योग र अध्यात्मको माध्यमद्वारा विश्वमाझ एक शान्त, खुसी र सुखी राष्ट्रका रुपमा परिचित गराई आध्यात्मिक पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने बताए । संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन महिनाको २१ तारिखका दिनलाई विश्व योग दिवसका रुपमा मनाउँदै आएको छ । यसैबीच विश्व योग दिवसका अवसरमा पशुपति क्षेत्र वनकालीमा पञ्चदिवसीय योग महोत्सव तथा त्रि–दिवसीय योग साधना शिविर आयोजना गरिने भएको छ । पशुपतिनाथ सेवक सङ्घले आयोजन गर्ने उक्त कार्यक्रममा नेपाल तथा भारतका वरिष्ठ धार्मिक योगाचार्य तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Yog
ADVERTISEMENT