अपराध सुरक्षा ताजा खबर विदेश समाचार

डोनाल्ड ट्रम्पको हत्या गर्न खोज्ने युवा पक्राउ

डोनाल्ड ट्रम्पको हत्या गर्न खोज्ने युवा पक्राउ

1466471528pakrau

असार ७ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयासमा संलग्न एक युवा पक्राउ परेका छन् । अमेरिकाको लस भेगसको र्यालीमा सहभागी माइकल स्टीवन सैंडफोर्डले लस भेगसमा आयोजना गरेको ट्रम्पको रर््यालीका क्रममा सुरक्षाकर्मीको बन्दुक खोसी गोली हान्ने प्रयास गर्दा पक्राउ परेका हुन् । बेलायती नागरिक १९ बर्षिय सैडफोर्डले जीवनमा कहिले बन्दुक नचालाएको बताउँदै ट्रम्पको हत्याका लागि लस भेगसको फायरिंग रेन्जमा गएको बयान दिएका छन् । बेलायती सवारीचालक पत्र रहेको सैडफोर्ड डेढ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनले बयानका क्रममा लस भेगसमा ट्रम्पको हत्या गर्न नसेकेमा फिनीक्समा हुने र्यालीमा हत्या गर्ने योजनाका साथ फिनीक्सका लागि टिकट समेत किनिसकेको खुलासा गरेका छन् ।

Donald Trump