अपराध सुरक्षा समाचार

काबुलको आत्मघाती हमलामा मारिएका १४ नेपाली मध्ये १२ जनाको सनाखत

काबुलको आत्मघाती हमलामा मारिएका १४ नेपाली मध्ये  १२ जनाको सनाखत

असार ६ । अफगानस्तानमा मारिएका १४ नेपाली मध्ये १२ जनाको पहिचान भएको छ । परराष्ट्रमन्त्रालयले १२ नेपालीको नाम र ठेगना सार्वजनिक गरेको हो । आतंकावदी समुह तालिवानको आत्मघाती आक्रमणमा मारिएका २ नेपालीको सनाखतको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार विहानै एक आत्मघातीले नेपाली सुरक्षागार्ड चढेको मिनिवसलाई निशाना बनाइ बम विष्फोट गरेको थियो । सो हमलामा ७ नेपाली घाइते भए । 

को को परे ? घटनामा मृत्यु हुनेको विवरण

  1. अकुल तामाङ, सुनसरी
  2. चन्द्रबहादुर रानामगर, काठमाडौं
  3. हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
  4. विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
  5. अमृतबहादुर थापा, लमजुङ
  6. सुपबहादुर गुरुङ, स्याङ्जा
  7. डम्बरबहादुर तामाङ, नुवाकोट
  8. मधुसुदन कोइराला, नुवाकोट
  9. लिलबहादुर गुरुङ, नुवाकोट
  10. नवीनसिंह क्षेत्री, पर्वत
  11. कृष्णबहादुर ढुंगाना, चितवन
  12. जितेन्द्रसिंह थापा, बुटवल

घटना लगतै प्रधानमन्त्री केपी शर्मा ओली उक्त घटनाले आफू आफू स्तव्ध भएको बताएका थिए । उनले ट्वीटरमार्फत् ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ त्यस्तै अर्को ट्विट गर्दे प्रधानमन्त्री ओलीले घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे । घटनाको परराष्ट्रमन्त्री कमल थापाले भत्सना गरे । त्यस्तै भारपतय प्रधानमन्त्री नरेन्द्रमोदीले पनि घटनाको भत्सना गर्दे नेपाललाई कुनैपनि अवस्थामा सहयोग गर्ने प्रतिवद्धता जनाए । जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो । उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए । बस एकै समयमा दिनहुं क्याम्पका लागि छुट्ने गर्थ्याे । आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् ।

र यो पनि,

kabul akraman