अपराध सुरक्षा ताजा खबर विदेश समाचार

वियोगमा नेपाल, यसरी मारिए अफगानस्तानमा १४ नेपाली

वियोगमा नेपाल, यसरी मारिए अफगानस्तानमा १४ नेपाली

काठमाडौं असार ६ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको बिस्फोटमा अन्य सात जना नेपाली घाइते भएका छन् ।

Kabul-Attack-4जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो । उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए ।

Kabul-Attack-2उनीहरुले क्याम्प जान सिभिलियन बस प्रयोग गरेका थिए । बसमा हतियार र सुरक्षाकर्मी थिएनन् । बस एकै समयमा दिनहुं क्याम्पका लागि छुट्ने गथ्र्यो । आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् ।

Kabul-Attack-3

घटनाको परराष्ट्रमन्त्री कमल थापाले भत्सना गरेका छन् । त्यस्तै भारपतय प्रधानमन्त्री नरेन्द्रमोदीले पनि घटनाको भत्सना गर्दे नेपाललाई कुनैपनि अवस्थामा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Kabul-Attack-5

र याे पनि,

अफगानिस्तानमा आत्मघाती हमला १४ काे नेपालीको मृत्यु

Attact Kabul
ADVERTISEMENT