पर्यटन

बेगनास तालको जलकुम्भी झार निकल्न थालियो

बेगनास तालको जलकुम्भी झार निकल्न थालियो

Begnas असार ५ । पर्यटकीय स्थल लेखनाथको बेगनास तालमा अहिले जलकुम्भी झार निकाल्ने अभियान सुरु भएको छ । बेगनासताल मत्स्य व्यवसायी समिति सिड फाउन्डेसन लेखनाथ नगरपालिका, होटल एसोसिएसन लेखनाथ, लि–वर्डलगायत संस्थाको सहकार्यमा बेगनासको जलकुम्भी झार हटाउने अभियान सुरु भएको छ ।

बेगनास ताल डुंगा व्यवसायी समितिले जनश्रमदान गर्दै आएका छन बेगनासतालको उत्तरीभेग स्याङ्खुदी, बाध क्षेत्र, मालादीलगायतको क्षेत्रमा रहेको जलकुम्भी हटाउन लागिएको हो ।। दैनिकजसो २५–३० जनाको एक समूहको टोलीले जलकुम्भी निकाल्ने अभियानमा लाग्दै आएकोे एसोसिएसनका अध्यक्षसमेत रहेका दामोदर भक्त थापाले बताए ।

उक्त अभियानमा ३ लाख ५० हजार खर्च हुने बताइएको छ भने थप जनश्रमदानको गरी जलकुम्भी झार हटाउने अभियानमा लागिएको थापाले जनाए । बेगनासतालमा ०६१ सालबाट जलकुम्भी झार देखिए पनि विगत एक दशकदेखि व्यवसायीले हरेक वर्ष जलकुम्भी झार वर्षायाममा फाल्ने गरेका छन् ।

Begnas lake
ADVERTISEMENT