अपराध सुरक्षा समाचार

सप्तरीबाट लागूऔषधसहित एक पक्राउ

सप्तरीबाट लागूऔषधसहित एक पक्राउ
असार - ४ । सप्तरी, मानराजा गाविस ५ बाट एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई असार ३ गते राति पक्राउ गरेको हाे । jailपक्राउ पर्नेमा सोही जिल्लाको मोहनपुर गाविस ६ वस्ने २२ वर्षिय शम्भु साह छन् । उनलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस बोधेवर्साइनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यस ठाउँमा जाँच गर्ने क्रममा ज. ६ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार साहको साथबाट कोरेक्स ४८ वटा, नाइट्रोजन ट्याब्लेट ४२० वटा, स्पामो १२६ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफले साहले प्रगोग गरेको सो मोटरसाइकल तथा एक थान मोवाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद लागूऔषध, मोटरसाइकल तथा मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

AFP drags