अपराध सुरक्षा

एनसेल टावरमा आगजनी गर्ने पक्राउ

एनसेल टावरमा आगजनी गर्ने पक्राउ
असार - ४, प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । prisoner-jail पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन् ।भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको छ । सो घटनामा संलग्न रहेका अन्य तीन जनाको खोजी कार्य भइरहेको छ । राई विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सचिवालय सदस्यसमेत रहेको बुझिएको छ । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ ।

Ncell