समाचार

अनलाइन मिडियामाथिको अकुंश आइएफजेद्वारा विरोध

अनलाइन मिडियामाथिको अकुंश आइएफजेद्वारा विरोध
असार - ४, पत्रकारहरुको अर्न्तराष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै गहिरो चासो देखाएको छ । IFJआइएफजेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सरकारले अनुमोदन गरेको उक्त निर्देशिका तत्काल फिर्ता गर्न समेत माग गरिएको छ । सरकारद्वारा तीनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना बिभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्राबधान राखेकोप्रति आइएफजेले आपत्ति जनाएको हो । ’सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्राबधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसंग संबन्धि स्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ । आइएफजेले अनलाइन सरोकारवालाहरुसंग छलफल गर्न समेत सरकारलाई भनेको छ । यसैबीच प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले अनलाईन मिडिया बिरुद्द दिनहुँ उजुरी बढिरहेकाले सरकारले अनलाइनलाई ब्यबस्थित गर्न नयाँ निर्देशिका ल्याएको बताए । अनलाइन मिडियाका लागि बेग्लै ऐन नभएको अवस्थामा अन्तरिम रुपमा नयाँ नर्दिेशिका आएको बताउँदै उनले केही अन्र्तराष्ट्रिय मिडीया संबन्धि संस्थाले निर्देशिकाको बिरोध गरेको प्रति असन्तुष्ठि जनाए ।

IFJ