खेल समाचार

राष्ट्रपतिद्वारा राष्ट्रिय अपांगता पौडी प्रतियोगिताको उद्घाटन

राष्ट्रपतिद्वारा राष्ट्रिय अपांगता पौडी प्रतियोगिताको उद्घाटन
Bidya Devi Bhandari असार – ३, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा संचालित चौथो राष्ट्रिय अपांगता पौडी प्रतियोगिताको उद्घाटन तथा अवलोकन भएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी पोखरी सातदोबाटोमा संचालन भएको थियो । उक्त पौडी प्रतियोगितामा पूर्ण दृष्टिविहिन पुरुष ५ र महिला ४ जना, आंशिक दृष्टिविहिन पुरुष ६ जना त्यस्तै ह्विलचियर प्रयोगकर्ता महिला १० जना र पुरुष १० गरी कुल ३५ जना प्रतियोगीहरु सहमागिता रहेको थियो । प्रतियोगीहरुले वाटर पोलो समेत खेलका थिए ।उक्त प्रतियोगिताका विजयी खेलाडिलाई राष्ट्रपतिद्वारा मेडल तथा प्रमाणपत्र प्रधान गरिएकाे थियाे । Water Polo स्पाइन कर्ड इन्जरी खेलकुद संघका अध्यक्ष श्री गायत्री दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमामा सभासदत्रय डा. राजन भट्टराई, रामेश्वर फुइाल, सुशीला नेपाल समेतको उपस्थिति रहेको थियो ।  

Bidya De