अपराध सुरक्षा समाचार

बिराटनगरका तीन चिकित्सक पक्राउ

बिराटनगरका तीन चिकित्सक पक्राउ
असार - ३, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिराटनगरका तीनजना चिकित्सकलाई पक्राउ गरेको छ । लाईफ गार्ड अस्पताल, बरगाछीमा कार्यरत बरिष्ठ फिजिसियन डा. जावेद अख्तर, डां संजय दास र अबुल हुसैन अंसारी लाई पक्राउ गरेको हो । Doctro in Jail ब्युरोले उनीहरुलाई अस्पताल र नीजि किल्निकबाट पक्राउ गरेको हो । पक्राउ परेका मध्ये डा. जावेद अख्तर बिराटनगरमा नाम चलेका डाक्टर हुन । डा. संजय दास बिराटनगरको अस्पताल चौकमा रहेको ट्रमा सेन्टरमा कार्यरत हुने भने अबुल हुसैन अंसारी बन्द भएको बिराटनगर कै एम्स हस्पिटलका सञ्चालक हुन । उनीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । तीनैजनालाई प्रहरीले अहिले काठमाण्डौ लैजाने तयारी गरिरहेको छ ।

Biratnagar Doctor in jail