समाचार

अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा

अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा

3 असार ३, कोपा अमेरिकाको क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिका विजयी भएको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा अमेरिकाले इक्वेडरलाई २–१ को गोल अन्तरले हराउँदै विजयी भएको हो । जितसँगै अमेरिका सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको २२ औं मिनेटमा अमेरिकाका क्लाइन्ट डेम्प्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

12

पहिलो हाफमा इक्वेडरलाई दबाबमा राखेको अमेरिकाले दोस्रो हाफमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन । खेलको दोस्रो हाफको ५१ औं मिनेटमा खेलाडीबीच विवाद भएपछि रफ्रीले अमेरिका र इक्वेडरका दुई खेलाडीलाई रातो कार्ड दिएका थिए । रेफ्रीले अमेरिकाका १३ नम्बर जर्सीका खेलाडी जर्मेइन जोन्सलाई रेड कार्ड देखाएका थिए भने इक्वेडरका १६ नम्बर जर्सीका खेलाडी एन्टोनियो भ्यालेन्सियालाई दुइवटा पहेँलो कार्ड देखाएका थिए । दुवै पक्ष १०–१० खेलाडीमा सिमित हुन पुगेको थियो । त्यसपछ खेलको खेलको म्यान अफ दि म्याच अमेरिकाका डेम्प्सी भएका छन् ।

Copa