अपराध सुरक्षा

अज्ञात समूहले गोली चलाउँदा एकको मृत्यु

अज्ञात समूहले गोली चलाउँदा एकको मृत्यु
असार - १ । मंगबार राति पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ । gun fire मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ । घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन । अकस्मात राति सुतीरहेका बेला १२-१५ जना हतियारधारी समूह आई अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका सङ्कलकबीच कोकाहल चलेको बताइएको छ । रासस

mugu Yarcha Sankalan