अपराध सुरक्षा समाचार

अदालतको आदेश फेसबुकमा राख्दा डीआईजी खड्कामाथि छानविन सुरु

अदालतको आदेश फेसबुकमा राख्दा डीआईजी खड्कामाथि छानविन सुरु
जेठ ३०, सर्वाेच्च अदालतबाट जारी भएकाे अादेश सामाजिक संजालमा राखेकाे भन्दै सशस्त्र पहरी बलले डिअार्इजी उत्तम खड्कामाथि छानविन सुरु गरेकाे छ । डिअार्इजी खड्काले डीआईजी बढुवाबारे सर्वोच्च अदालतबाट जारी भएको आदेश सामाजिक सञ्जालमा राखेका थिए ।  sasatra logoएआइजी सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा बलले समिति गठन गरेको हो । एआइजीको रिक्त २ पदमा शैलेन्द्र खनाल र जितबहादुर पुनको बढूवाको सिफारिसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट हालेका थिए । जेठ २१ मा उनको रिटमा सुनुवाई गर्दै अदालतले उत्प्रेषण परमादेश जारी गरेको पत्र उनले आफ्नो फेसबुक पेजमा राखेका थिए । सरकारी दस्तावेज सामाजिक सञ्जालमा राख्नु सामाजिक सञ्जालको प्रयोग सम्बन्धी बल र नेपाल सरकारको नीति विपरीतको काम भएको भन्दै सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईले छानविनका लागि एआइजी श्रेष्ठको संयोजकत्वमा डीआइजी सुबोध अधिकारी र डीएसपी युवराज अर्याल रहेको समिति गठन गरेका हुन् । उनीहरुलाई यथासक्य चाँडो प्रतिवेदन बुझाउन कार्यदेश तोकिएको छ । २०६९ मा बलले ल्याएको सामाजिक सञ्जालसम्बन्धी नीति अनुसार राजनीतिक टिप्प्णी, सरकारी र संगठनसंग सम्बन्धित कागजपत्र, पोशाकसहितको तस्विर, सरुवा, बढूवा, बिदालगायतका जानकारी सामाजिक सञ्जालमा राख्न निषेध गरेको छ ।  

DIG uttam khadka sashastra police nepal