अपराध सुरक्षा

डोटीमा २० वर्षिया किशोरीको गोली हानी हत्या

डोटीमा २० वर्षिया किशोरीको गोली हानी हत्या

1

जेठ २९ । डोटीमा गोली प्रहारबाट एक यूवतीको हत्या भएको छ । डोटीको पचनाली–६, तलकोटकी २० वर्षिया मिना साउँदको हत्या भएको हो । शुक्रबार राति साढे आठ बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला मा उनको हत्या भएको परिवारले जनाएको छ । हत्याराको पहिचान भएको छैन् । छिमेकीले थाहा पाएपछि उनलाई अचेत अवस्थामा अस्पताल पुर्र्याइको थियो ।

अस्पताल लगेको केहि बेरमा उनको निधन भएको थियो उनको सबलाई अहिले जिल्ला अस्पताल सिलगढी जिल्ला अस्पताल पु¥याईएको छ । मृतक साउँद कैलाली बहुमुखी क्याम्पस धनगढीमा बिएड तेस्रो बर्षमा अध्ययनरत छात्रा हुन् । घटना कसले र किन गराइयो भन्ने बारेमा अझै खुलेको छैन । हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Murderd