४२ बन्दकर्ता प्रहरी नियन्त्रणमा


बजार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाई पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, लेखनाथ नगरपालिकाको तालचोक, गगन गौडालगायतका स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश बमले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष मिलन राईसहित ४२ जना छन् । रासस