समाचार

नेपाल प्रहरीमा आर्कषण घट्दो दैनिक ५ जनाले राजिनामा दिंदै

नेपाल प्रहरीमा आर्कषण घट्दो दैनिक ५ जनाले राजिनामा दिंदै

Nepal Police काठमाडाे‌ जेठ २७ । नेपाल प्रहरीमा सेवा अबधि रहंदै राजीनामा दिने लहर चलेको छ । सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन् । पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन् । दुई वर्ष जागिर अबधि बांकी रहदै उनले राजीनामा दिएका हुन् । ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा दिए । यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन् ।

यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे । राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पांचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन्। जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन् । नयां पत्रिका दैनिक

Nepal Police

विशेष