समाचार

सरकारका काम प्रति कांग्रेसको असन्तुष्टि

सरकारका काम प्रति कांग्रेसको असन्तुष्टि

Congress काठमाडौं जेठ २७ । भूकम्प पीडितको घर बनाउने जिम्मा गैरसरकारी संस्थालाई दिने पुनर्निर्माण प्राधिकरणको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु बुधबार सांझ प्रधानमन्त्री निवास बालुवाटार पुगी प्राधिकरण, सरकार र विभिन्न मन्त्रालयको कामकारबाहीका बारेमा असन्तुष्टि जनाएका हुन् । दुई दलका शीर्ष नेताहरुबीचको बैठकमा संसदको नियमावली तथा न्यायाधीश नियुक्ति, संविधान कार्यान्वयन, पुनर्निर्माण प्राधिकरणको काम लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस नेताले बताए ।

यस्तै, नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार प्रतिपक्षी दल नेपाली कांग्रेसले गराएको ध्यानाकर्षणप्रति प्रधानमन्त्री सकारात्मक रहेको र संसदको नियमावलीमा देखिएको विवादलाई छलफलबाटै टुंगो लगाउन दुवै दल तयार भएको बताए । सो अवसरमा मधेशी मोर्चासहितको संघीय गठबन्धनको आन्दोलन सम्बोधनका विषयमा पनि छलफल भएको जनाइएको छ ।

Congress UML

विशेष