समाचार

राष्ट्रपतिलाई उनकै स्वकीय सचिवले एमालेको नेताका रुपमा प्रस्तुत गरेपछि

राष्ट्रपतिलाई उनकै स्वकीय सचिवले एमालेको नेताका रुपमा प्रस्तुत गरेपछि
नेपालको पहिलो महिला राष्ट्रपति  बिद्या भण्डारी शक्तिशाली महिलाको सूचीमा पर्नु आम नेपालीका लागि गौरवको विषय हो । तर उनि कुनै पाटीकी नेता नभएर मुलुककी भइसकेकी छिन ।  संविधानअनुसार राष्ट्रपति निर्वाचित भएको ब्यक्तिले कुनै पनि पार्टी सदस्य परित्याग गर्नुपर्छ । राष्ट्रपति भण्डारीले पनि राष्ट्रपति भए लगत्तै पार्टी सदस्यता परित्याग गरेकी सकेकी छन । rastapati राष्ट्रपति विद्यादेवी भण्डारीकी निजी सचिवालय सदस्य सुमित्रा थापाले राष्ट्रपति भण्डारी विश्वको शक्तिशाली महिलाहरुको सूचीमा ५२ औं स्थानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट बधाइ दिएकी छिन ।संबिधान अनुसार राष्ट्रपति भएको ब्यक्ती निर्दलीय हुनुपर्छ तर उनकी सोखीय सचिबले उनलाई एमालेको नेताको रुपमा कलात्मक शैलीले प्रस्तुत गरेकी छन ।  भण्डारीकी निजी सचिवालय सदस्य थापाले राष्ट्रपति भण्डारी विश्वको शक्तिशाली महिलाहरुको सूचीमा ५२ औं स्थानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट बधाइ दिइन् । थापाले भण्डारीलाई मात्र नभइ आम नेपालीलाई शुभकामना दिएकी छन् । थापाले राष्ट्रपति भण्डारीलार्इ शुभकामना त दिएकी छन्, तर उनले राष्ट्रपति भण्डारीलाई राष्ट्रको प्रमुख नभइ एमालेको नेताको रुपमा फोटो बनाएर सुर्यअंकीत झण्डामा सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । एमालेको झण्डा र पोष्टमा राष्ट्रपति भण्डारीको फोटो राखेर शुभकामना दिनुले राष्ट्रपति राष्ट्रको नभइ एमालेको भएको देखाउन खोजिएको छ । राष्ट्रपति भण्डारीकी निजी सचिवालय सदस्य थापा यसअघि एमाले निकट युवा संघ नेपालमा आवद्ध थिइन् । थापाले आफ्नो फेसबुकमा राष्ट्रपतिकी सचिवालय तथा युवा संघ नेपालमा आवद्ध रहेको उल्लेख गरेकी छन् ।

rastpati ki sokhiya sachib

विशेष