अपराध सुरक्षा

सुपारी तस्कर पक्राउ

सुपारी तस्कर पक्राउ
मकवानपुर २४ जेठ प्रहरीले सुपारी तस्करीमा संलग्न बारा मटिअर्वाका बृजकिशोर साहलाई पक्राउ गरेको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो । taskar गत चैत ७ गते मटीअर्वास्थित साहको घरबाट प्रहरीले बाह्र सय केजी सुपारी बरामद गरेपछि साह फरार थिए । अवैधरुपमा भण्डारण गरी भारत निकासी गर्न लागेको अवस्थामा प्रहरीले सुपारी बरामद गर्दा साहले प्रहरी टोलीमाथि नै आक्रमण गरेका थिए । उक्त घटनापछि भारतमा लुकिछिपी बस्दै आएका साहलाई आइतबार राति प्रहरीले पक्राउ गरकेो हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिनोद शर्माले साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

supari taskar